प्रदिप ज्ञवाली

असोज २७ मङ्गलबार
सैनामैना । सैनामैना नगरपालिका वडा नम्बर ४ मुर्गियामा सिटी मेगा मार्ट सञ्चालनमा आएको छ। सिटी मेगा मार्टको आज एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो।
नव उद्घाटित मार्ट बारे प्रतिक्रिया दिँदै प्रमुख अतिथि निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाका आम उपभोक्तालाई एउटै छानामुनि विविध सेवा दिँदा स्थानीयलाई समयको बचतसँगै स्थानीय स्तरमा रोजगारीको अवसरहरु सिर्जना हुने बताउनुभयो ।

बजारको विकास र विस्तारमा यस्ता माटहरुले योगदान पुर्याउने कार्यक्रमका विशिष्ट अतिथि तथा सैनमैना व्यापार संघका अध्यक्ष देवीदत्त सुविधाले बताउनुभयो। यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद पोखरेलले सैनामैना बासीलाई सेवा दिन खुलेको स्मार्ट नगरवासीहरूको साथ र सहयोगबाट नै ब्यापार सफलतातर्फ उन्मुख हुने र आफूहरू यस्ता माटहरुलाई सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

पाँचजना युवाहरू मिलेर उक्त माग सञ्चालनमा ल्याउनुभएको हो। भाटका अध्यक्ष युवराज आचार्यले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मुर्गिया बजारमा माट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो मार्टमा घरका उपभोग्य खाद्यान्नसँगै किराना ,कस्मेटिक ,जुस ,मदिरा लगायतका आइटमहरू रहेका छन्।
सफल उद्यमीहरू अध्यक्ष युवराज आचार्य, कमल गौतम विराट नेपाल लक्ष्मण ज्ञवाली र विक्रम अर्यालले संयुक्तरुपमा सञ्चालकको रुपमा रहनुभएको छ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश महासचिव दुर्गा गौतम र उपभोक्ता हित संरक्षण मञ्च छैन महिनाका अध्यक्ष प्रेम खड्काले उपभोक्ताको हितलाई मध्यनजर गर्दै यस्ता गुणस्तरीय माग खुल्नु उपभोक्ताका लागि सुनौलो अवसर रहेको बताउनुभयो।
माटका अध्यक्ष आचार्यले सैनामैनाका स्थानीय आम नागरिकलाई एकपटक माटमाई सेवा लिनुहुन अनुरोध समेत गर्नुभएको छ।
सञ्चालक कमिटीका अध्यक्ष युवराज आचार्यको अध्यक्षता सैनमैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीको प्रमुख अातिथ्यता, सैना मैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोख्रेल र सैनामैना व्यापार संघका अध्यक्ष देवीदत्त सुवेदीको विशिष्ट अाथिथ्यता , स्थानीय समाजसेवी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यतामा सम्पन्न कार्यक्रम कमल गौतमको सञ्चालनमा सम्पन्न भएको हो।

