
प्रदिप ज्ञवाली
मङ्सिर ४ षुक्रबार
सैनामैना । सैनामैना नगरपालिका–७ मा सक्रिय युवा क्लव देउवापार गाइजको दोस्रो अधिवेशन आगामी मंसिर ५ गते शनिबार आयोजना हुने भएको छ।
विशाल पौडेल नेतृत्वको देउवापार गाइजको दुईवर्षे कार्यकाल गत कार्तिक ४ गते सम्पन्न भइसकेको छ। विशेष कारणवश निर्धारित मितिमा दोस्रो अधिवेशन सम्पन्न गर्न नसकिएको जनाउँदै समूहले नयाँ मिति तय गरेको हो।

समूहले सैनामैना नगरपालिका–७ निवासी युवाहरूलाई लक्षित गर्दै देउवापार गाइजमा आबद्ध भई सक्रिय रूपमा काम गर्न इच्छुक सम्पूर्ण युवालाई अधिवेशनमा उपस्थित हुन अनुरोध गरेको छ।
अधिवेशन मंसिर ५ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सैनामैना–७ स्थित दुर्गा मन्दिर परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ।
अधिवेशनले समूहको आगामी नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।

