नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै समुदायबीच एकता र सद्भाव अभिवृद्धिमा जोड

असोज २९ बिहीबार
सैनामैना ।
अष्ट्रेलियाको सिड्नीस्थित स्कट मेमोरियल पार्कमा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली भाषा, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया, न्यु साउथ वेल्स (FeNCAA-NSW) र नेपाली अभिभावक समाज, अष्ट्रेलियाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, समुदायका अगुवा तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
नेपाली अभिभावक समाज, अष्ट्रेलियाका अध्यक्ष कृष्णबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव ईश्वरबाबु थापाले गरेका थिए। कार्यक्रममा लिभरपुल सिटी काउन्सिलका डेपुटी मेयर पिटर हार्ले प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समाजका वरिष्ठ उपाध्यक्ष रमण खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए।
कार्यक्रमको औपचारिक सुरुवात नेपाल र अष्ट्रेलियाका राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि, अतिथि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै नेपाली समुदायको सांस्कृतिक एकता, सामाजिक सहकार्य र मौलिक पहिचानको संरक्षणका विषयमा धारणा राखेका थिए।
प्रमुख अतिथि पिटर हार्लेले नेपाली समुदायलाई तीनवटै पर्वको शुभकामना दिँदै नेपाली संस्कृति, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए। विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली समुदायले गर्दै आएका सामाजिक तथा सांस्कृतिक गतिविधिको प्रशंसा गरे। साथै, नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्न स्थानीय काउन्सिल प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा FeNCAA अष्ट्रेलियाका सचिव डा. प्रकाश पौडेल, गैरआवासीय नेपाली संघका पूर्वउपाध

