प्याराडाइज स्कुलमा टीका तथा जमरा लगाएर दशैंको शुभकामना आदानप्रदान

२०८३ आश्विन ३०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको अवसरमा प्याराडाइज इङ्लिस स्कुल, सैनामैना १० झिमझिमेमा शिक्षक कर्मचारी तथा विद्यार्थीहरूबीच टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्दै दशैंको शुभकामना साटासाट गरिएको छ।

दशैंलाई आपसी सद्भाव, एकता, कृतज्ञता, आशीर्वाद र पारिवारिक आत्मीयताको पर्वका रूपमा लिँदै विद्यालयले प्रधानाध्यापकदेखि सम्पूर्ण कर्मचारीहरूलाई समेटेर दशैंको टीका तथा जमरा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सौगात भट्टराईले दशैंले सबैमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले चाडपर्वले मानिसहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै एकअर्काप्रति सम्मान, सद्भाव र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो।

प्रधानाध्यापक भट्टराईले विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा शिक्षण तथा गैरशिक्षण कर्मचारीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउँदै सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

विद्यालय परिवारबीच आत्मीयता, सद्भाव र एकताको भावना थप सुदृढ बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले दशैंको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई उजागर गरेको छ।

प्याराडाइज इङ्लिस स्कुल परिवारले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय