सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा दशैँ, तिहार तथा छठको शुभकामना आदानप्रदान

२०८३ आश्विन ३०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका–६, रामापुर कोलोनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री भूमिश्वर ढकालसहित क्याम्पसका प्राध्यापक, सञ्चालक समिति पदाधिकारी, सल्लाहकार तथा सरोकारवालाहरूले पर्वको शुभकामना व्यक्त गरेका थिए।


कार्यक्रममा क्याम्पस प्रमुख हेमबहादुर थापा, उपप्राध्यापक प्रकाश आचार्य, प्रेमप्रसाद पौडेल, सञ्चालक समिति सदस्य गणेश गौतम र रामप्रसाद भुसाल, सल्लाहकार चेतनारायण न्यौपाने र रणबहादुर खनाल, पूर्वअध्यक्ष डिल्लीराज ज्ञवाली तथा पूर्वसहायक डिन दिनेशमणि घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले दशैँ, तिहार तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरे। उनीहरूले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास तथा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।


कार्यक्रममा क्याम्पसबाट पहिलोपटक पीएचडी हासिल गरेको योगदानका लागि दिनेशमणि घिमिरेलाई सम्मान गरिएको थियो। त्यसैगरी, क्याम्पसमा एक लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको योगदानको कदर गर्दै जयस्वर रेग्मीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विष्णुप्रसाद अर्याल र सगर ज्ञवालीले दशैँसम्बन्धी कविता वाचन गरेका थिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष यदुलाल पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक प्रकाशमणि खनालले गरेका थिए।
कार्यक्रमले चाडपर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै क्याम्पस परिवार तथा सरोकारवालाबीच आपसी सम्बन्ध सुदृढ गर्न र शैक्षिक विकासका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने अवसर प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय