
रुपन्देही । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वलुम्बिनी प्रदेश सांसद फकुरुद्दिन खान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
खानले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आफूले देखेको राजनीतिक समानतालाई मुख्य कारणका रूपमा प्रस्तुत गर्दै रास्वपामा प्रवेश गरेको बताएका छन्।
रास्वपामा प्रवेश गर्दै खानले “राष्ट्रिय स्वतन्त्र पार्टी पनि कांग्रेस पार्टी जस्तै भएकाले आफू रास्वपामा जोडिएको” बताएका छन्।
लुम्बिनी प्रदेशसभामा रहँदा खान नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत थिए। उनी रुपन्देहीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
खानको रास्वपा प्रवेशसँगै रुपन्देहीमा पार्टीगत राजनीतिक समीकरण र आगामी राजनीतिक गतिविधिबारे चर्चा सुरु भएको छ।


