रूपन्देही। गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले नेपालीहरूको महान् पर्व बडादसैँ, विजयादशमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
विजयादशमीको पावन अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडेलले माता दुर्गा भवानीले सबैलाई सत्य, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सत्प्रेरणा प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।

देशमा सुशासन र पारदर्शिता कायम होस् तथा मुलुक समृद्धिको बाटोमा अघि बढोस् भन्ने कामना गर्दै उहाँले देश यतिबेला विभिन्न प्राकृतिक विपत्तिसँग जुधिरहेको अवस्थालाई समेत ध्यानमा राख्न आग्रह गर्नुभएको छ।
विपत्तिबाट प्रभावित नागरिकको अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष पौडेलले यस वर्षको दसैँ संयमित र मध्यम रूपमा मनाउन सबैलाई अनुरोध गर्नुभएको छ। चाडपर्वको खुसी मनाउँदा विपत्तिमा परेका नागरिकको पीडा र कठिनाइलाई समेत सम्झनुपर्ने उहाँको सन्देश रहेको छ।
उहाँले बडादसैँले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना अझ सुदृढ बनाउँदै सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।
अध्यक्ष पौडेलले पुनः सम्पूर्ण नेपालीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।


