सांसद तौफिक अहमद खानद्वारा सैनामैना र गैडहवाका स्थानीयसँग भेटघाट

२०८३ कार्तिक १०, सोमबार
पढ्ने समय : < 1 मिनेट

प्रदिप ज्ञवाली
कार्तिक ९ सोमबार
सैनामैना । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूले सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका स्थानीय नागरिकसँग भेटघाट तथा बृहत् छलफल गरेका छन्।
पार्टीका शुभेच्छुक र नेता कार्यकर्ताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।


कात्तिक ९ गते सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिका–७ तथा गैडहवा गाउँपालिकाका विभिन्न वडाका सभापति, जनप्रतिनिधि र स्थानीय नागरिकको सहभागिता रहेको थियो।

छलफलका क्रममा स्थानीय स्तरमा देखिएका समस्या, नागरिकका गुनासा, विकास निर्माणका आवश्यकता तथा सांसद खानको पहलमा विनियोजित विभिन्न विकास योजनाको कार्यान्वयन, प्रगति र प्रभावकारिताका विषयमा छलफल गरिएको जनाइएको छ।

कार्यक्रममा सडक तथा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी समस्याको दीर्घकालीन समाधान खोज्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।

स्थानीय नागरिकका समस्या र आवाजलाई संसद्सम्म पुर्‍याउने, विनियोजित विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने तथा विकास निर्माणका कामलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

जनताको घरदैलोमा पुगेर नागरिकका समस्या सुन्ने, समाधानका लागि आवश्यक पहल गर्ने र स्थानीय विकासका सवालमा निरन्तर संवाद तथा समन्वय गर्ने उद्देश्यले भेटघाट कार्यक्रम गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय