
सैनामैना । “शिक्षित सदस्य, सबल सहकारी; सबल सहकारी, समृद्ध समुदाय” भन्ने मूल नाराका साथ जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुर्गिया शाखाअन्तर्गत मुर्गिया सेवा केन्द्रको आयोजनामा सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सैनामैना नगरपालिका–५, प्रगति टोल, गौडीमा कात्तिक १८ गते आयोजना गरिएको हो ।

सहकारीमा सदस्यता विस्तार, सदस्यहरूमा वित्तीय चेतना अभिवृद्धि तथा सहकारीप्रतिको अपनत्व र सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुर्गिया शाखाका कार्यालय प्रमुख बासु अर्यालले सदस्यहरूको सक्रिय सहभागिताले सहकारीलाई थप सबल र समुदायलाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

