दुर्गा माध्यमिक विद्यालयमा देउसी–भैलो: उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार

२०८३ कार्तिक २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

प्रदिप ज्ञवाली 

कार्तिक २१ शनिबार 

सैनामैना रूपन्देहीको कञ्चन गाउँपालिका–१, लौसामा रहेको दुर्गा माध्यमिक विद्यालयले तिहार विशेष कक्षागत देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पुरस्कार स्वरुप प्रोत्साहन रकम प्रदान गरेको छ।

नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षागत देउसी–भैलो प्रस्तुतिमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारस्वरूप नगद रकम प्रदान गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूले देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृति, कला र परम्पराको झल्को प्रस्तुत गरेका थिए। उनीहरूको उत्साहपूर्ण सहभागिताले विद्यालयको वातावरण थप उल्लासमय बनेको थियो।

सो अवसरमा आउँदै गरेका महान् पर्वहरू तिहार, छठ तथा नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न, सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न तथा नेपाली मौलिक संस्कृति र परम्पराप्रति सम्मानभाव विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय