
प्रदिप ज्ञवाली

कार्तिक २२ आइतबार
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–६, कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि योग्य (Eligible) क्याम्पसको सूचीमा छनोट हुन सफल भएको छ।
क्याम्पसले सार्वजनिक गरेको जानकारीअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुने नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत स्नातक तहका बीएचएम (Bachelor of Hotel Management), बीबीए (Bachelor of Business Administration), बीआईसीटीई (Bachelor of Information and Communication Technology Education) तथा स्नातकोत्तर तहको एमएड (अङ्ग्रेजी) कार्यक्रमका लागि क्याम्पस योग्य सूचीमा छनोट भएको हो।
यस उपलब्धिले क्याम्पसको शैक्षिक विकास, गुणस्तरीय शिक्षा विस्तार तथा विद्यार्थीलाई थप शैक्षिक अवसर प्रदान गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
क्याम्पस प्रमुख हेमन्त थापाले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै क्याम्पसलाई यो सफलता हासिल गराउन सहयोग गर्ने सम्पूर्ण प्राध्यापक, कर्मचारी, सञ्चालक समिति, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।
नयाँ शैक्षिक कार्यक्रमका लागि योग्य क्याम्पसको सूचीमा छनोट हुन सफल भएकोमा सहिद नारायण पोखरेल रामापुर क्याम्पस परिवारलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना।

