सैनामैना काङ्ग्रेस नगरपदाधिकारीसङ्ग गिरी : पार्टी सुदृढीकरण बारे छलफल

२०८३ कार्तिक २४, सोमबार
पढ्ने समय : < 1 मिनेट

  1. प्रदिप ज्ञवाली
    कार्तिक २३ सोमबार
    सैनामैना ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सैनामैना नगरका लागि पार्टी प्रतिनिधि निमा गिरिले नेपाली कांग्रेस सैनामैनाले आगामी दिनमा गर्नुपर्ने काम, कर्तव्य र पार्टीलाई थप सशक्त एवं व्यवस्थित बनाउँदै अघि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको छ ।

सैनामैनामा आयोजित छलफलका क्रममा गिरिले वडा सभापति तथा नगरपालिकास्तरीय पार्टी पदाधिकारीहरूसँग पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा विचार व्यक्त गर्नुभएको हो ।

उनले पार्टीलाई बलियो बनाउन संगठनभित्र एकता, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको विषयमा जोड दिँदै आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे सुझाव तथा धारणा राखेको जानकारी नेपाली कांग्रेस सैनामैना नगर सभापति बिमल ज्ञवालीले दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सभापति बिमल ज्ञवालीसहित वडा सभापति तथा पालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय