काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा थप २२ जना संक्रमितको ज्यान गएको छ । योसँगै हालसम्म कोरोनाका कारण कूल ९ हजार ३६२ जनाको भइसकेको छ भने हालसम्म कूल ६ लाख ९७ हजार २५७ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टाको अवधिमा १ हजार ४३२ जना संक्रमित निको भएका छन् । योसँगै निको हुने संक्रमितको कूल संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ पुगेको छ ।

