प्रदिप ज्ञवाली

असोज २३ शुक्रवार
सैनामैना। रूपन्देहीको सैनामैना नगरपालिका–७, बासगढीमा जारी प्रथम बासगढी रमाइलो सांस्कृतिक मेला–२०८३ मा बिहीबार चर्चित गायक श्याम रानाले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
ॐ श्री किरातेश्वर महादेव मन्दिरको प्राङ्गणमा सञ्चालन भइरहेको महोत्सवमा गायक रानाको प्रस्तुतिमा दर्शकले रमाउँदै साथ दिएका थिए। उनको प्रस्तुतिले महोत्सवस्थललाई उत्साहपूर्ण बनाएको थियो।
महोत्सवमा गायक दीपेन्द्र पाण्डे लगायतले पनि प्रस्तुति दिएका थिए। त्यस्तै, मोडल प्रकाश सोनी र युनिसा बरनेतको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। ‘द एभरग्रीन टर्टल’ ब्यान्डले समेत सांगीतिक प्रस्तुति दिएको थियो।
असोज १४ गतेदेखि सुरु भएको महोत्सव असोज २५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिँदै आएको छ।
स्थानीय कला, संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी भई कार्यक्रमको आनन्द लिन आयोजकले दर्शक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
बिहिबारको कार्यक्रम पत्रकार दिनेश घिमिरे र गायक सुमित भट्टराईले सञ्चालन गरेका थिए।

