नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सैनामैना नगरपालिकामा सम्पन्न नगर अधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणामअनुसार विमल ज्ञवाली सैनामैना नगर सभापतिमा निर्वाचित भएका हुनुभएको छ । नगर सभापति पदका लागि भएको निर्वाचनमा ज्ञवालीले २०९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
प्रतिस्पर्धी गोपाल पोखरेलले ९३ मत तथा लोकनाथ अधिकारीले ७ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, नगर उपसभापति पदमा सीता अर्यालले १७७ मत सहित विजयी हुनुभएको छ भने उहाका प्रतिस्पर्धी सीता कुँवरले १२६ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ।
नगर उपसभापतिमा टिकाराम उप्रेती र सचिवमा चुरामणी घिमिरे र सहसचिवमा रामप्रसाद सापकोटा निर्विरोध हुनुभएको छ ।
सदस्य सम्पुर्ण पदमा पनि निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन सम्पन्न भएसँगै नेपाली कांग्रेस सैनामैनाले नयाँ नगर नेतृत्व प्राप्त गरेको छ। नगर नेतृत्व चयनका लागि भएको निर्वाचनमा पार्टीका क्रियाशील सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नवनिर्वाचित नगर सभापति विमल ज्ञवालीसहित नयाँ नेतृत्वले आगामी दिनमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने तथा स्थानीय तहमा कांग्रेसको सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
सैनामैनामा सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नगरस्तरको नेतृत्वसमेत स्पष्ट गरेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
निर्वाचनमा कुल ३१८ मतदाता मध्ये ३१० जनाले मतदान प्रक्रियामा सहभागी हुनुभएको थियो।⋅


