आदर्श सहकारीको २१औँ वार्षिक साधारणसभा तथा स्मारिका विमोचन सम्पन्न

२०८३ आश्विन १८, आईतवार
पढ्ने समय : 2 मिनेट

ए
सैनामैना–८, रामापुरमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।
साधारणसभाका अवसरमा संस्थाको गतिविधि, उपलब्धि तथा सामाजिक र आर्थिक योगदान समेटिएको स्मारिका समेत विमोचन गरिएको हो । v
संस्थाका अध्यक्ष लेखनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास तथा सहरी विकास पुर्व मन्त्री एवं प्रदेश सांसद भूमिश्वर ढकाल प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका नगर प्रमुख विशिष्ट अतिथिका रूपमा सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूमिश्वर ढकालले आदर्श सहकारी सिद्धान्त र पारदर्शी आचरणअनुसार सञ्चालन भएकाले सफलताको यात्रामा अघि बढिरहेको बताउनुभयो । सहकारीले यस क्षेत्रका नागरिकको आर्थिक दक्षता वृद्धि गर्न सहजीकरण गरिरहेको उल्लेख गर्दै उहाले नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा सहकारी क्षेत्र रहेको धारणा व्यक्त गर्नुभयो । प्रदेश सरकारले सहकारी क्षेत्रका कानुनी तथा प्रक्रियागत झन्झट समाधान गर्न पहल गरिरहेको पनि सांसद ढकालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माले सहकारी लोकतन्त्रको उन्नत पक्ष रहेको उल्लेख गर्दै सहकारीमार्फत महिलाहरूलाई सबल बनाउने र उनीहरूको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुगिरहेको बताउनुभयो ।
साधारणसभामा अध्यक्ष लेखनाथ पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै पोख्रेलले सहकारीका गरिविधिहरु माथि प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष धनश्याम न्यौपानेले चालु आर्थिक वर्षको अनुमानित वार्षिक बजेट तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक बाबुराम पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्य शारदा चालिसे र विष्णुप्रसाद पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्था विधि र पद्धतिअनुसार सञ्चालन भइरहेको बताउनुभयो । जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मागत बस्यालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, सल्लाहकार तथा स्मारिका प्रकाशन समितिका सम्पादक संयोजक यदुलाल पन्तले स्मारिकाको बारेमा बताउदै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका महिला कर्मचारीहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्नुभएको थियो ।
कक्षा १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी , जेष्ठ नागरिक , सरकारी सेवामा नव प्रवेशी सेयर सदस्य र छोराछोरीलाई समेत सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट ऋणी कारोबार कर्ता क्यालेन्डर र स्मारिकामा विज्ञापन सहयोग गर्ने व्यवसायी र सघसंस्थालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता , लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व भाैतिक पुर्वाधार तथा सहरी विकास मन्त्री भुमिश्वर ढकालको प्रमुख आतिथ्यता , सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माको विशिष्ट आतिथ्यता , विभिन्न सघ संस्थाका प्रतिनिधि , सल्लाहकार , सेयर सदस्य लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धिराम भण्डारीको स्वागत एवम् सचिव शोभाखर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय