सहिद नारायण पोखरेल क्याम्पसमा रेग्मीद्वारा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना

२०८३ आश्विन २२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

­
असोज २३ बिहीबार
सैनामैना । सैनामैना ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा समाजसेवी जयश्वर रेग्मीले अक्षयकोष स्थापना गर्नुभएको छ । सैनामैना नगरपालिका–६ कलाैनी निवासी तथा सहीद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस सभा सदस्य एवं सामाजिक व्यक्तित्व जयश्वर रेग्मीले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन तथा छात्रवृत्तिका लागि रु. १ लाख २५ हजार (एक लाख पच्चिस हजार रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ।

विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्दै आर्थिक रूपमा कमजोर तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उहाँले उक्त अक्षयकोष स्थापना गर्नुभएको हो।

शिक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानप्रति सहीद नारायण पोखरेल रामापुर क्याम्पस परिवारले जयश्वर रेग्मीलाई धन्यवाद तथा सम्मान व्यक्त गरेको क्याम्पस प्रमुख हेमन्त थापाले बताउनुभयो ।

क्याम्पस परिवारले उहाँको यस प्रेरणादायी तथा अनुकरणीय कार्यले विद्यार्थीहरूलाई आफ्नो अध्ययनमा थप उत्साह र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय