प्रदिप ज्ञवाली
असोज २४ शनिबार
सैनामैना। सहिद नारायण पोखरेल रामापुर क्याम्पसका पूर्वविद्यार्थी समाजको आयोजनामा बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस सभाहलमा सम्पन्न कार्यक्रममा आगामी महान् पर्वहरू बडा दशै, शुभ दिपावली छठ तथा नेपाल सम्वतको पवन अवसरमा शुभकामना आदानप्रदान गर्दै पूर्वविद्यार्थीहरूबीच आपसी परिचय, सम्बन्ध विस्तार तथा सहकार्यका विषयमा छलफल गरिएको थियो।
पूर्वविद्यार्थी समाजका अध्यक्ष रोमनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापा (हेमन्त) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख थापाले आउँदै गरेको बडादसैँलगायतका पर्वको शुभकामना व्यक्त गर्दै सबैको सकारात्मक प्रगति, सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो। उहाँले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वविद्यार्थी समाजका कोषाध्यक्ष गणेश अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव ओमप्रकाश अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

