चौथो बुद्धभूमि डाबरा कपको उपाधि वाणगंगा–३ लाई: ग्लोबलका अध्यक्ष न्याैपानेद्वारा शुभकामना

२०८३ आश्विन २५, आईतवार
पढ्ने समय : < 1 मिनेट


प्रदिप ज्ञवाली
असोज २५ आइतबार
सैनामैना । चौथो बुद्धभूमि डाबरा कप–२०८३ को उपाधि वाणगंगा नगरपालिका वडा नं. ३ को टोलीले जितेको छ। प्रतियोगितामा लव नेपाल, पिपरा उपविजेता बनेको छ।

प्रतियोगिता सम्पन्न भएपछि मुख्य प्रायोजक ग्लोबल डेरी प्रा.लि.का अध्यक्ष थानेश्वर न्यौपानेले विजेता वाणगंगा–३ को टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले फाइनलसम्मको यात्रा तय गरेको उपविजेता लव नेपाल, पिपरालाई पनि बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष न्यौपानेले प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने डाबरा युवा क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य, खेलाडी, खेलप्रेमी दर्शक तथा सहयोगी महानुभावहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

खेलकुदले युवामा अनुशासन, एकता, भाइचारा र सकारात्मक ऊर्जा अभिवृद्धि गर्नुका साथै समाजलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मुख्य प्रायोजकका रूपमा प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै न्यौपानेले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले विजेता र उपविजेता दुवै टोलीको उज्ज्वल भविष्यको कामनासमेत गर्नुभएको छ।

ग्लोबल डेरी प्रा.लि.ले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय