
पाठकमा मेरो एउटा प्रश्न सँगै एउटा अवस्था परिकल्पना गर्न अनुरोध छ। १६ वर्षको एउटा नावालक र उसका साथीले अचानक भूत देखेको दाबी गर्छन्, भने प्रश्न हो, यदि कक्षा ९ मा पढिरहेका कुनै विद्यार्थीलाई कुनै विद्यालयले अनिवार्य रुपमा होस्टेल राखी दिनभरि विद्यालयको पढाइ त्यसपश्चात मध्यरातसम्म पढाइको चाप र बिहान ४ बजे नै उठेर पढ्नुपर्छ भन्ने रूलिङ गर्दछ। भने त्यसमा तपाईँको धारणा र सोचाइ के हुन्छ? धारणा जेसुकै होला तर केही गम्भीर प्रश्न भने अवश्य उठ्दछ।
कक्षा ९ मा नै किन ?के आवश्यकता छ? नियमित समयको अतिरिक्त त्यसरी विद्यार्थी जो अधिकांश १८ वर्षभन्दा मुनि हुने गर्दछन् अतिरिक्त चापको आवश्यकता छ? छ भने के कारणले छ? त्यसको केही लाभ विद्यार्थीलाई प्राप्त हुनेछ वा छैन ?

त्यसोभए सोही प्रश्न अब कक्षा १० को सन्दर्भमा किन नसोध्ने त?
कक्षा १० को त्यो अतिरिक्त पढाइले के बालबालिकाले कुनै राम्रो प्रतिष्ठित विद्यालयमा कक्षा ११ मा कक्षा १० को नतिजाको आधारमा भर्न पाइन्छ?
जवाफ हो इन्ट्रान्स दिनुपर्छ, अन्तर्राष्ट्रिय बजारमा पनि त्यसको खासै महत्व छैन। फेरि केको लागि अभिभावकबाट अतिरिक्त शुल्क र विद्यार्थीमा अतिरिक्त चाप?
कतै विद्यालयको प्रतिष्ठा र प्रतिस्पर्धाको नतिजा त होइन ? आफू स्वयंले विद्यार्थीलाई कक्षा १०मा पढाएर सोही विद्यार्थीलाई सोही विद्यालयको कक्षा ११ मा कक्षा १० को नतिजाको आधारमा भर्ना पाइँदैन र त्यसको लागि इन्ट्रान्स दिनुपर्दछ भने त्यो अतिरिक्त कसरतको के अर्थ? कसका लागि त्यो अतिरिक्त चाप?
नियमित विद्यालयको समय पढाएर बुझाउन सिकाउन नसकिने अवस्था किन आयो? हाम्रो पाठ्यक्रम नै त्यस्तै हो कि , परीक्षा नै पास गरेर आएको आएको शिक्षक शिक्षिकाहरूको क्षमतामा पनि दोष लाउन मिल्दैन , त्यसो हो भने के कारणले कक्षा १०मा प्रथम हुनेदेखि सजिलै उत्तीर्ण हुनेलाई अतिरिक्त कक्षाको आवश्यक पर्यो?
विद्यार्थीलाई होस्टेल वा कोचिङको आवश्यक कतिखेर पर्दछ जब विद्यार्थी अत्यन्तै कमजोर छ, घरमा परिवारको हेर्चा सम्भव छैन भने सबैलाई पढाउनुपर्ने पछाडिको तर्क चाहिँ के हो? कक्षा ९ मा सोही शिक्षकले सोही विद्यालय पढाउँदा राम्रै संख्यामा उत्तीर्ण हुने सन्तोषजनक नतिजा आउने विद्यार्थीलाई अतिरिक्त चाप नभएपनि काम चल्ने र कक्षा ९ र १० को नतिजाको हालको समयमा बर्बाद र महत्व एउटै हो भने यो परम्परालाई क्रम भङ्ग गर्ने समय आएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू
संयुक्त राष्ट्र संघीय बाल अधिकार महासन्धिले बालबालिका सम्बन्धी हरेक निर्णय बालबालिकाको सर्वोत्तम हितमा हुनेगरी लिनुपर्ने बताउँछ। बालबालिकाको इच्छा विपरीत परिवारसँग अलग गराउन नहुने प्रावधान रहेको छ , अनिवार्य प्रकृतिका यस्ता कार्यले बालबालिका र अभिभावकलाई कुनै एउटा निश्चित निर्णय नै बाध्य बनाउँछ । जो हामी सबैलाई थाहा भएकै कुरा हो भने शिक्षा एेनले पनि सामुदायिक विद्यालयहरूमा यस्तो कार्य प्रतिबन्ध गरेको छ ।
कक्षा १० मा सिर्जना गरिने यस्तो किसिमको तनावले विद्यार्थी मानसिक मनोवैज्ञानिक असर पर्ने गर्दछ। २०२३ मा गरिएको “stress and coping mechanism among student residing in private schools hostels ” नामक अध्ययनले होस्टेलको शैक्षिक चापले आठवटा विद्यालयमा गरिएको अध्ययनमा आठवटै विद्यालयका विद्यार्थीहरूमा मानसिक असर परेको र मनोवैज्ञानिक परामर्श र परिवारसँग सम्पर्कको आवश्यक परेको निष्कर्ष निकालेको थियो।
Kathmandu post मा प्रकाशित समाचार स्रोत भन्ने हो भने एकै माध्यमिक विद्यालयको ४० भन्दा बढी विद्यार्थीहरूले कराउने ,काम्ने, ढल्ने जस्ता लक्षण देखा परेको थियो भने मनोपरामर्शकर्ताले शैक्षिक चापकै कारण भएको निष्कर्ष दिएको पाइएको थियो।
मेरो स्वयं अनुभवमा पनि जसले यो लेख लेख्न प्रेरित गर्यो बुटवलको एक विद्यालयमा कक्षा १० को परीक्षाको होस्टलमा बसेर तयारी गरिरहेको १८ वर्षभन्दा कम उमेरको नातामा भाइ पर्नेले हालैको कक्षा १० को परीक्षाको तयारी गरिरहँदा भूत देखिने डराउन दिन आउने , र अन्य साथीहरुले पनि देखेको दावा गरे केही दिन घर लिएर राखेपछि निको पनि भयो। जसको कारण अतिरिक्त मानसिक चाप नै रहेको निष्कर्ष निकाल्न सकिन्छ । यसरी कक्षा ९ र १० को हैसियत एउटै रुपमा सिमित भएको अवस्थामा पुरानो एसएलसी पालाको नै महत्व जस्तो गरी क्रमभङ्ग नगरी वर्तमान अवस्थामा लगभग प्रभाव नपालर्ने खालको भइसकेको यो प्रचलनलाई रोक्नुपर्ने देखिन्छ। विगतको तुलनामा हालको कक्षा १० को महत्व कक्षा ९ बराबर नै हो भन्ने विगतको दिनमा जस्तै कक्षा १० को परीक्षालाई किन अतिरञ्जित गराइरहेको छ कसका लागि गराइरहेको छ। यो प्रचलनमा नितिगत रूपमा सुधार हुनुपर्ने देखिन्छ। कक्षा १२ सम्मको शैक्षिक नियमन नियन्त्रणको जिम्मेवारी स्थानीय सरकारलाई संविधानले प्रदान गरेको छ। स्थानीय सरकारले यस विषयलाई गम्भीरताको साथ लिनुपर्ने देखिन्छ। अभिभावकमा अतिरिक्त आर्थिक चाप र विद्यार्थीमा अतिरिक्त मानसिक चाप सिर्जना गरिरहेको छ र यस किसिमको सुधार नीतिगत रूपमा हुनु आवश्यक छ। विद्यालयहरूमा बसेको परम्परागत शैली एकाएक बदलिनु सम्भव हुँदैन। सरकारलाई यस किसिमको गतिविधि सम्पूर्ण विद्यालमा एकै पटक लागु हुने गराउनू आवश्यक छ ।
( यो लेख विजय सुनारद्वारा लेखिएको । विजय सुनार कानुनका विद्यार्थी हुन्। )

