सैनामैना। बुद्ध इङ्लिस स्कुलको अध्यक्षमा खिमराज पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ। अध्यक्षमा चयन हुनुभएका पोख्रेललाई विद्यालयका प्राचार्य लेखनाथ गैरेसहित विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो
विद्यालय परिवारले उहाँको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा शैक्षिक प्रगतिले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

विद्यालय परिवारद्वारा जारी शुभकामना सन्देशमा नेतृत्व पदमा पुग्नु मात्र ठूलो कुरा नभई विश्वासलाई जिम्मेवारी, जिम्मेवारीलाई कर्म र कर्मलाई संस्थाको गौरवमा रूपान्तरण गर्नु नै वास्तविक नेतृत्वको पहिचान भएको उल्लेख गरिएको छ।
पोख्रेलको दूरदर्शी सोच, कुशल नेतृत्व र समर्पित कार्यशैलीले विद्यालयको शैक्षिक यात्रामा नयाँ आयाम थप्ने तथा संस्थाको प्रतिष्ठा र प्रगतिलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालयका प्राचार्य लेखनाथ गैरे तथा विद्यालय परिवारले नवनिर्वाचित अध्यक्ष पोख्रेलको कार्यकाल सफल, उपलब्धिमूलक र संस्थाको गौरव बढाउने खालको बनोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

