प्याव्सनद्वारा कलौनी कान्तिपुर इङ्लिस स्कुल सम्मानित

२०८३ आश्विन २९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

प्रदिप ज्ञवाली
असोज २९ बिहीबार
सैनामैना — मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा समाजप्रतिको योगदानको कदर गर्दै सैनामैना–६, रुपन्देहीस्थित श्री कलौनी कान्तिपुर इङ्लिस स्कुल सम्मानित भएको छ।

विद्यालयलाई प्याब्सन रुपन्देहीले सम्मान प्रदान गरेको हो। सम्मान प्राप्त गरेपछि विद्यालयले प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालसहित प्याब्सन रुपन्देहीको सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेको छ।

विद्यालय परिवारले प्राप्त सम्मानलाई गौरवको विषयका रूपमा लिँदै यसले आगामी दिनमा शिक्षा, समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा अझ सक्रिय भएर काम गर्न प्रेरणा मिलेको जनाएको छ।

विद्यालयले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय