
प्रदिप ज्ञवाली
असोज २९ बिहीबार
सैनामैना । प्याब्सन रूपन्देहीले बुद्ध इङ्लिस स्कुल र विद्यालयका प्राचार्य लेखनाथ गैरेलाई ‘मानवीय सेवा सम्मान’बाट सम्मानित गरेको छ।
रूपन्देहीको सैनामैना नगरपालिका–७, देवापारस्थित बुद्ध इङ्लिस स्कुलले मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको योगदानको कदर गर्दै विद्यालय र प्राचार्यलाई सम्मान प्रदान गरिएकोमा खुसी व्यक्त गरेको छ।

सम्मान प्राप्तिपछि विद्यालय परिवारले प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल तथा प्याब्सन रूपन्देहीको सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।
विद्यालय परिवारका अनुसार यस सम्मानले मानवीय सेवाप्रतिको जिम्मेवारी, समर्पण र सेवाभावलाई थप ऊर्जा तथा प्रेरणा प्रदान गरेको छ। साथै, विद्यालयले प्राप्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवा र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

