। रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने भएको छ।

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार असोज ३० गते आज शुक्रबार गाउँपालिकाको वडा नम्बर ८ स्थित देबिनगर टोल र वडा नम्बर ९ स्थित लखनौती टोलका १६ परिवारलाई लालपुर्जा वितरण गरिनेछ।
लालपुर्जा वितरणबाट लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।
भूमिहीन परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्ने यस कार्यले उनीहरूको भूमि अधिकार सुनिश्चित गर्न तथा सुरक्षित बसोबासको आधार तयार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

