सांसद डा. माधव बहादुर थापाको आग्रह : विपत्तिलाई मध्यनजर गर्दै संयमित रूपमा दसैँ मनाऔँ
पाल्पा। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा. माधव बहादुर थापाले बडादसैँको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ।
विजयादशमीको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले माता दुर्गा भवानीले सबैलाई सत्य, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सत्प्रेरणा प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।

देशमा सुशासन र पारदर्शिता कायम होस् भन्ने कामना व्यक्त गर्दै सांसद थापाले मुलुकले सामना गरिरहेको प्राकृतिक विपत्तिलाई समेत ध्यानमा राख्न आग्रह गर्नुभएको छ। विपत्तिका कारण प्रभावित नागरिकको अवस्थालाई मध्यनजर गर्दै उहाँले यस वर्षको दसैँ संयमित र मध्यम रूपमा मनाउन सबैलाई अनुरोध गर्नुभएको छ।
उहाँले बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, एकता, सहकार्य र सकारात्मक सोचलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

