प्रदिप ज्ञवाली
कार्तिक १२ बिहीबार
तिहार नजिकिएसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को कलेज फिल्डमा उत्पादन गरिएको सयपत्री फूल बिक्री वितरणका लागि तयार भएको छ। भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि क्याम्पस परिसरमा विद्यार्थीहरूले मेहनतका साथ खेती गरेको सयपत्री फूल तिहारलाई लक्षित गरी तयार पारि बिक्रीमा ल्याइएको हो।
कृषि विषय अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै आफ्नै प्रयासमा उत्पादन गरेको ताजा, चम्किलो र गुणस्तरीय सयपत्री फूल माला बनाउन, पूजाआजा तथा घरआँगन सजावटमा प्रयोग गर्न सकिनेछ। विद्यार्थीहरूद्वारा उत्पादित फूल सुलभ मूल्यमा उपलब्ध गराउने तयारी गरिएको छ।

विद्यार्थीहरूले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै तिहारका लागि ताजा फूल उपलब्ध गराउने उद्देश्यले सयपत्री फूलको खेती गरिएको बताएका छन्। यस पहलले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक कृषि अनुभव हासिल गर्न तथा व्यावसायिक खेतीको सम्भावना बुझ्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तिहारका लागि सयपत्री फूल आवश्यक पर्ने सर्वसाधारण, फूल पसल सञ्चालक तथा व्यवसायीहरूले कृषि क्याम्पस परिसरमै पुगेर वा फोनमार्फत सम्पर्क गरी फूल खरिद गर्न सक्नेछन्।
सम्पर्क विवरण
AFU सयपत्री उत्पादन विद्यार्थी समूह
स्थान: कृषि क्याम्पस परिसर, रामपुर, भरतपुर–१५, चितवन
फोन: ९८१६५६८६०४, ९८१२०३१९२०

