प्रदिप ज्ञवाली
कार्तिक १४ शनिबार

सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका–७, देउवापारस्थित बुद्ध इङ्लिस स्कुलमा दोस्रो लिखित मूल्याङ्कन तथा अर्धवार्षिक परीक्षा–२०८३ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न प्रेरित गरिएको थियो।
विद्यालयका प्राचार्य लेखनाथ गैरेले परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयले विद्यार्थीहरूको शैक्षिक प्रगतिको मूल्याङ्कनसँगै उनीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रमका केही झलकहरू।

