महादेवी साकोसको अध्यक्षमा पुनः चन्द्रप्रकाश वन निर्वाचित

२०८३ मंसिर ८, सोमबार
पढ्ने समय : < 1 मिनेट


प्रदिप ज्ञवाली
मङ्सिर ७ सोमबार
सैनामैना । सैनामैना ६ कलाैनीमा रहेको महादेवी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको अध्यक्षमा चन्द्रप्रकाश वन पुनः निर्वाचित हुनुभएको छ। संस्थाको २६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट वनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत/निर्वाचित भएको हो।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा निर्मला गौतम, सचिवमा सरोजकुमार पन्थी र कोषाध्यक्षमा ढुण्डिराज पाण्डे चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा लक्ष्मी पोखरेल, सुमित्रा भट्टराई, नेत्रलाल ढकाल, नारायणप्रसाद घिमिरे र ठाकुरप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा मदन थापा चयन हुनुभएको छ। समितिको सदस्यमा दिवाकर ढकाल र भुनकला पाण्डे रहनुभएको छ।

नवनिर्वाचित समितिले संस्थाको संस्थागत विकास, आर्थिक पारदर्शिता, सुशासन र सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप सबल, सक्षम र नमुना संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थाको विकासमा योगदान पुर्‍याउने अग्रज व्यक्तित्व तथा पूर्वकार्यसमितिका पदाधिकारीहरूको योगदानको सम्मान गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहकार्यबाट संस्थालाई थप प्रभावकारी बनाउने संस्थाले अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय